काठमाडाैं । नेपाली बजारमा लगातार तीन दिन सुनको भाउ घटेपछि आज शुक्रबार भने उकालो लागेको छ। आज सुन तोलामा ८०० रुपैयाँले बढेर ९३ हजार ९०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । तीन दिनमा सुनको भाउ चार हजार १०० रुपैयाँले घटेको थियो । आज भने सुन र चाँदीको मूल्य बढेको हो।

शुक्रबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ। पछिल्लो तीन दिन चाँदी २०० रुपैयाँले घटेर एक हजार १२० रुपैयाँमा झरेको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।