दसैँको मौकामा घट्दै छ सुन र चाँदीको मूल्य

काठमाडौंमा – दसैँको मौँकामा सुनको कारोबार घटेसँगै मूल्य समेत घटेको सुनचाँदी व्यवसायीले बताएका छन् ।  


राजधानीमा दैनिक ३० किलोको हाराहारमिा बिक्री हुने सुन अहिले दसैँको अवसरमा दैनिक २० किलोको मात्र कारोबार हुन थालेसँगै सुनको मूल्यमा समेत गिराओट आएको छ ।

दसैँको छैठौँ दिन सुनको मूल्यमा ३ सय रुपैयाँ घटेको छ । नेपाली बजारमा सुन तोलाको ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सुन व्यवसायीले दसैँको अवसरमा अझ सुनको कारोबार घट्ने बताएका छन् । दसैँको मौकामा चाँदकिो कारोबार समेत कम हुँदै आएको छ भने मूल्य समेत घटेको छ । दसैँको छैठौँ दिन चाँदी प्रतिकिलो  मूल्य ९ सय ३० रुपैयाँमा कारोबार भएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।