काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले हिन्दुहरुको महान पर्व विजय दसैंको अवसरमा लोडसेडिङ आधा कटौती गरेको छ।


नेपाल प्राधिकरणले असोज २५ गतेदेखि ३० गतेसम्मका लागि लोडसेडिङ कटौती गरेको हो । प्राधिकरणका अनुसार अब दैनिक साढे तीन घण्टा मात्र लोडसेडिङ हेने भउको छ ।

प्राधिकरणले दसैँको अवसरमा विभिन्न कलकारखाना बन्द हुने भएकाले लोडसेडिङको समय कटौती सम्भव भएको बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।