काठमाडौँ – २०१३ को रसायनशास्त्र तर्फकोको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकले पाउने भएका छन्।
 


अमेरिकी नागरिक मार्टिन कारप्लस, माइकल लेविट र आरिया वार्सेललाई यस वर्षको रसायशास्त्र तर्फको नोबेल पुरस्कार दिइने घोषणा नोबेल कमिटिले गरेको हो ।

अमेरिकी तीन बैज्ञानिकले साइबर स्पेसमा हुने जटिल रासायनिक प्रक्रियाहरूको संरचना बुझाउने बहुमापन प्रणालीको विकासमा विशेष योगदान पुर्याए वापत  यस वर्षको रसायनशासत्र तर्फको नोबेल पुरस्कार दिइएको हो ।

मार्टिन, माइकल र आरियाले जटिल रासायनिक संरचनालाई बुझाउने मोडललाई प्लास्टिक बल र डन्डीको उपयोग गरेर विकसित बनाए बापत नोबेल पुरस्कार पाउने भएका हुन् । रसायनशास्त्रको नोबेल पुरस्कारको राशी १२ लाख अमेरिकी डलर रहेको छ । 

यी तीन अमेरिकी बैज्ञानिकले तयार पारेको मोडलको प्रयोगबाट मानव शरीरको जटिलता कम्प्युटर सिमुसेनमार्फत थाहा पाउन सकिने बताइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।