प्रत्यक्षतर्फ १ सय ८५ जनाद्धारा उम्मेदवारी फिर्ता

काठमाडौं । घोषित निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका १ सय ८५ जनाले आफ्नो उमेद्वारी फिर्ता लिएका छन् ।
उम्मेद्वारी फिर्ता लिने अन्तिम दिन पूर्वाञ्चलबाट ३०, मध्यपश्चिमाञ्चल ३३, मध्यमाञ्चलबाट ८६, सुदुरपश्चिमाञ्चलबाट १६ र पश्चिमाञ्चलबाट २० जनाले उम्मेदवारी फिर्ता दिएको निर्वाचन आयोगले जनाएको छ ।

नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध बागी दिएका केहीले लिएका छन् । कैलाली ६ बाट कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवासंग वागी उम्मेद्वारी दर्ता गरेका गंगा कुँवरले पनि उम्मेदवारी फिर्ता लिए । कांग्रेस सभापति शुशिल कोइरालाविरुद्ध चितवनमा परेको वागी उम्मेद्वारी भने फिर्ता भएको छैन ।

एमाओवादी भित्रको बागी उम्मेदवारहरु पनि यथावत नै रहेका छन् । पार्टीले फिर्ता लिन भने पनि उनीहरुले पार्टीले नजित्ने मान्छे उठाएको भन्दै फिर्ता लिन मानेका छैनन् ।

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...