आज सोमबारको यस्तो छ सुनचाँदीको भाउ (आजको मूल्यसहित)

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो आइतबारकै भाउमा आज सोमबार सुनचाँदीको कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

हिजो आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेर ९३ हजार ३ सयमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि सोमबार स्थिर रही एक हजार १५० रुपैयाँमा खरिदबिक्री भएको छ । आइतबार चाँदी तोलामा १० रुपैयाँले घटेर यसै मूल्यमा किनबेच भइरहेको थियो । अन्तरराष्ट्रिय बजारमा सोमबार सुन तथा चाँदीको भाउ घटेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।