काठमाडौं । आज बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । हिजो बढेर कारोबार भएको सुन आज तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। हिजो मंगलबार सुन तोलामा ९०० रुपैयाँले उकालो लागेर प्रतितोला ९४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, चाँदी पनि बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएको थियो। अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउमा वृद्धि भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।