ओली–प्रचण्डबीच कुरो नमिल्दा मन्त्रीपरिषद विस्तार अनिश्चित



काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीपरिषद विस्तारका विषयमा कसलाई नियुक्त गर्ने र कसलाई हटाउने भन्ने विषयमा कुरा मिल्न सकेको छैन । अध्यक्षद्धयमा नै कुरो नमिलेपछि मन्त्रीपरिषद विस्तार समेत अनिश्चित बनेको छ ।

हाल अर्थ, सञ्चार र शहरी विकास मन्त्रालय खाली रहेका छन् । अध्यक्ष तहमा भने कतिपय मन्त्रीलाई हटाएर नयाँलाई नियुक्त गर्नुपर्ने विषयमा पनि छलफल भइरहेको छ । छलफलका क्रममा कसलाई राख्ने र कसलाई हटाउने तथा नयाँ कसलाई नियुक्त गर्ने भन्ने विषयमा कुरो मिल्न सकेको छैन ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

प्रचण्डले पार्टी उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्री बनाउनुपर्ने जनाएका छन् । बामदेव आफैंले मन्त्री बन्न चाहेकाले उनलाई मन्त्री बनाउनुपर्ने प्रचण्डको तर्क छ । तर, प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले बामदेव र श्रेष्ठलाई मन्त्री बनाउन रुचाएका छैनन् । कानुनी रुपमा पनि उनीहरुको विषयमा विवाद रहँदै आएको छ । त्यसो त मन्त्रीहरुमा कसलाई हटाउने र कसलाई राख्ने भन्नेमा समेत सहमति जुटेको छैन । यसरी अध्यक्षद्धयमा सहमति नजुट्दा मन्त्रीपरिषद विस्तार नै अनिश्चित बन्न पुगेको छ ।