असोज । लामो दुरीका बसमा दुई जना सवारी चालक नभए कारबाही हुने भएको छ ।
दशैंमा काठमाडौंबाट बाहिर जिल्लाहरुमा लामो दूरीमा चल्ने यात्रुबाहक सवारीका साधनमा दुई जना सवारी चालक नराखे ट्राफिक प्रहरीले कारबाही गर्ने भएको हो ।
दसैंको बेला उपत्यका छोड्ने यात्रुको चापका कारण धेरै सवारी गुड्ने भएकाले र एउटै सवारी चालकले लामो समयसम्म गुडाउन नसक्ने भन्दै ट्राफिकले दुई जना चालक अनिवार्य राख्न भनेको छ ।
लामो दुरीमा २ जना चालक नभए १०३ ट्राफिक कन्ट्रोल रुमको हटलाईन नम्बरमा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।