असोज २२ । कारको ठक्करबाट युनाइटेड अरब इमिरेट्सको दुबईमा एक नेपालीको ज्यान गएको छ ।

कामको सिलसिलामा त्यहाँ पुगेका लमजुङ मालिङका भजेन्द्रप्रसाद गुरुङको कारको ठक्करबाट ज्यान गएको हो ।

गएको शुक्रबार कारको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा आइतबार ज्यान गएको हो ।

दुबईको रसअलखेमा रहेको इन्भाएरोमेन्ट सिष्टम मेनुफेक्चरिङ कम्पनीमा कार्यरत ४२ वर्षका गुरुङलाई साइकल चलाइरहेका बेला कारले ठक्कर दिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।