असोज २१ । घोषित निर्वाचनका लागि उम्मेदवारहरूले व्यक्तिगत सुरक्षाका लागि सुरक्षा माग गरेका छन् ।

उनीहरुले हतियारसहितका प्रहरी (पीएसओ) माग्न थालेपछि सुरक्षा निकायलाई त्यसको व्यवस्थापन गर्न हम्मे हम्मे परेको खबर कान्तिपुरमा छ ।

बाराका उम्मेदवारमाथि आक्रमण भएपछि सर्लाहीका सबै उम्मेदवारहरुले प्रहरी प्रशाशनमा सुरक्षा माग गर्न थालेका हुन् ।

तर ६ निर्वाचन क्षेत्रमा २ सय ६४ ले उम्मेदवारी दिएकाले सबैलाई व्यक्तिगत सुरक्षाकर्मी दिन सक्ने अवस्था नरहेको सुरक्षा निकायका अधिकारीले बताउँछन् ।

र्टीले समानुपातिकमा नाम राखेको छ भन्दै पीएसओ माग्ने पनि रहेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।