असोज २१ । पूर्वयुवराज पारस शाह दशैंमा नेपाल आउने भनिएपनि अब नआउने भएका छन् ।

उनी घटस्थापनाको दिन नेपाल आउने बताइएको भएपनि अन्तिममा उनको नेपाल आउने कार्यक्रम रद्ध भएको हो । उनी अहिले थाइल्यान्डको चाङचाइ सधार केन्द्रमा उपचाररत अवस्थामा छन् ।

पूर्व राजाको परिवार र मुमा रत्नले पनि पारस दसैंमा घर आउने आशा गरेका थिए । सवैले आशा गरेपनि अकस्मात् भ्रमण रद्द भएको राजपरिवारलाई उदृत गर्दै समाचारपत्रले खबर छापेको छ ।

यसअघि थाइल्यान्डकी कन्निका चाइसानसँग प्रेममा परेका पारसले उनलाई पनि नेपाल लिएर आउने चर्चा चलेको थियो । तर परिवारले भने सो कुरा निराधार रहेको बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।