असोज २० । निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ५ जनाको उम्मेदवारी खारेज गरिदिएको छ ।
उमेर नपुगेको र पार्टीको आधिकारिक पत्र नभएको भन्दै आयोगले उनीहरुको उम्मेदवारी रद्ध गरिदिएको हो ।
नुवाकोट क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार बद्री मैनालीको पार्टीको आधिकारिक पत्र नभएको, पर्सा क्षेत्र नम्बर ३ का सदभावना पार्टीका उम्मेदवार सत्य नारायण प्रसादको पनि पार्टीको आधारिक मनोनयन पत्र नमिलेको तथा पर्सा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार आलोक कुमार चौरसियाको उमेर नपुगेकाले उम्मेदवारी रद्ध गरिएको आयोगले जानकारी दिएको छ ।
यता, धादिङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुदन खाडको पनि उमेर नपुगेको र कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका डिल्लीबहादुर विष्टका समर्थकको भने उमेर नपुगेकाले उनीहरुको पनि उम्मेदवारी रद्ध गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगको कार्यतालिकाको अनुसार उम्मेदवारहरुको उजुरी र अन्य कागजातको छानबिन गरी सोमबार नामावली प्रकाशन गरिनेछ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।