आज आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ । यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार यस दिन छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अघिल्लो दिन शुक्रबार भने छापावाला सुन ९४ हजार ३०० र तेजाबी सुन ९३ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो । त्यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको भाउ १ हजार १७५ रुपैयाँ थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।