असोज । रामेछापका २० वर्षिया प्रकाश श्रेष्ठ छातीमाथि टपरी राखेर टपरीमा जमरा उमार्ने संकल्पका साथ राजधानीको भद्रकाली मन्दिर परिसरमा सुतेका छन्।

श्रेष्ठका परिवारका अनुसार उनी नौ रथ लाग्नु अघि ४ दिनदेखि भोकै बसेका थिए । सामान्य धामी, झार्की र हात हेर्ने काम गर्दै आएका श्रेष्ठले छातीमा जमरा उमार्ने कामलाई आफ्नो तपस्या भनेका छन् ।  प्रकाश श्रेष्ठ रामेछापको भिरपानी गाविस वाडा नम्बर ६मा जन्मिएका हुन् । प्रकाशका दाजुका अनुसार भाइलाई सपनामा देवीले यस्तो गर्ने निर्देशन दिएकाले भाइले यो काम गरेका हुन् ।

प्रकाश भद्रकाली मन्दिर परिसरको एक छेउमा पाल टाँगेर सुतेका छन् । उनको छातीमा टपरी राखिएको छ । टपरीमा जमराका लागि आवश्यक पर्ने सामाग्री राखिएको छ र उक्त टपरीलाई रातो कपडाले छोपिएको छ । रामेछापको भिरपानीका स्व.विष्णु बहादुर र स्व.बुद्धलक्ष्मीका पाँच भाइ छोरा मध्ये प्रकाश कान्छो छोरा हुन् ।

प्रकाशलाई साथ दिन विभिन्न क्षेत्रमा काम गर्दै आएका चार जना माता छन् भने निरन्तर उक्त क्षेत्रमा भजन र्कितन समेत हुने गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।