असोज । बलिउडका स्टार ऋतिक रोशनले आफ्नो आलिसान महल किन्ने चाहना पूरा गरेका छन्

ऋतिकले बान्द्रामा अवस्थित एक फ्ल्याट २५ करोड बराबरको मुल्यमा खरिद गरेर आफ्नो चाहना पूरा गरेका हुन् ।

त्यसो त ऋतिक र उनकी श्रीमतीबीच केही समयअगाडी डिभोर्सको हल्ला पनि नचलेको भने होइन । तर घर फ्ल्याट खरिद गर्नुले उक्त हल्ला निराधर भएको पुष्टि भए जस्तै भएको छ ।

भारतीय मिडियाहरुले त ऋषिक दम्पत्ति यसै फ्ल्याटमार्फत श्रीमान श्रीमतीबीचको मनमुटाव अन्त्य गर्नेमा रहेको पनि उल्लेख गरेका छन् ।

रोशन परिवारले किनेको नया फ्ल्याटको काम अझै नसकिएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।