असोज २० । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्वाचनपछि नेपालमा राजसंस्था पुनःस्थापित हुने घोषणा गरेका छन् ।

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले चुनाव भन्दा माथि उठ्ने राजसंस्थाको आवश्यकता पुष्टि भएकोरहेको समेत उल्लेख गरे ।

निर्वाचनपछि राजासहितको प्रजातन्त्रको स्थापनाका लागि पार्टीले राष्ट्रिय सहमतिको लागि बृहद छलफल चलाउने उनको भनाई छ ।

अध्यक्ष थापाले निर्वाचनमा समानुपातिकतर्फ राप्रपा नेपाल पहिलो पार्टी बन्ने दाबी समेत गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।