सुनको मूल्यमा दैनिक रुपमा देखिएको उतार चढाव कायम रहेको छ । आज बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबार भने सुन आजकै मूल्यमा किनबेच भएको थियो । यसैगरी चाँदीको भाउ पनि बुधबार ओरालो लागेको छ । यसदिन चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार १७५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Comments







