मोबाइल, स्क्रिन, पैसा र सिसामा २८ दिनसम्म कोरोना जिवित



काठमाडौं । विश्वमरी महामारीको रुप लिएको कोरोना भाइरस मोबाइलको स्क्रिन, पैसा, सिसा र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाका अनुसन्धादाताले कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको दाबी गरेका हुन् ।

अष्ट्रेलियाका नेशनल साइन्स एजेन्सीका शोधकर्ताहरुले गरेको अध्ययनले कोरोना भाइरस पैसाको नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने बताउँदै सरसफाइ र हात धुने कुरामा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । यसअघि ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनमा भने सार्स–कोभ–२ नोट र सिसामा २ देखि तीन दिनसम्म र प्लास्टिक र स्टिलमा ६ दिनसम्म बाँच्ने बताइएको थियो । तर, पछिल्लो अध्ययनले भने २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला