पानी हाम्रो जीवनका लागि अति आवश्यक चीज हो तर के तपाइलाई यो थाहा छ कि दैनिक बिहान बासी मुखमा पानी पिउनाले जो हाम्रो मुखमा एक किसिमको राल हुन्छ त्यो हाम्रो पेटमा पुगेर कयौं रोगहरुबाट बचाउँछ ।

राल मुखमा बन्ने यस्तो पदार्थ हो जसले एन्टीसेप्टीकको जस्तो काम गर्दछ र हामीले थाहै नपाइ कयौं रोगबाट बचाइ रहेको हुन्छ । पानी पिउनाले शरीरका कयौ रोग निको हुन्छ, पानीले छालाकोको रोग लाइ पनि हतपत लाग्न दिदैन भने विभिन्न किसिमका रोगहरु लाग्न दिनबाट बचाउन पनि पानीले धेरै ठूलो सहायता गर्दछ । यदि पानीलाई बिहानै बासी मुखमा पिउने गरियो भने यसको फाइदा सुनेर तपाइ पनि अचम्ममा पर्न सक्नु हुनेछ । आउनुहोस जानौं पानीलाई कुन समयमा कति मात्रामा पिउने? किनकी पानी पिउने सही तरीकाले मात्र तपाईलाई स्वस्थ राख्न सक्दछ ।

बिहान बासी मुखमा पानी पिउनुको फाइदाः

बिहानै उठ्ने बितिकै बासी मुखमा पानी पिउनाले शरीर भित्रका अंगहरु ज्यादा सक्रिय हुने गर्दछन् जसले पाचन प्रक्रिया सहज हुन्छ भने अनुहारमा पनि चमक बढ्दछ । साथै बासी मुखमा पानी पिउँदा शरीरभित्रका बिकारहरुको पनि सफा हुने काम हुन्छ ।पानीले रगतमा भएका विषाक्त पदार्थ सफा गर्छ। पानी पिउनाले नयाँ रक्त कोषिया र तन्तु बन्न मद्धत पुग्छ, जसले तौल सन्तुलित राख्न सहयोग पुर्याउँछ। जसले गर्दा हाम्रो शरीर स्वस्थ बन्न मद्दत गर्दछ ।

सुत्नुभन्दा पहिले पानी पिउनाले मुटु रोगका बिरामीहरुलाई फाइदा पुग्दछ । यसले मुटुलाई नर्मल अवस्थामा राख्नुका साथै हर्ट अट्याक बाट पनि जोगाउँदछ । नुहाउनुभन्दा पहिले एक गिलास पानी पिउनुस जसले हाइ ब्लडप्रेसर लाइ कन्ट्रोल गर्न मद्दत गर्दछ ।

साँझको खानाभबिहानै बासी मुखमा पानी पिउँदाबिहानै बासी मुखमा पानी पिउँदान्दा पहिले यदि तपाइले १ गिलास पानी पिउनुभयो भने यसले पेट भरिनेहुनाले धेरै खानाको जरुरत पर्दैन जसले तपाइलाइ शरीर मोटाउनबाट जोगाउद छ । तपाइ जुन स्थानमा भएपनि तपाइ यदि तनावमा पर्नु भयो भने तत्काल १ गिलास पानी पिउनुहोस यसले तपाइको दिमागलाई शान्त राख्न मद्दत गर्दछ र तपाइको तनाव पनि कम हुन्छ ।

मित्रहरु पानी पिउने नियमलाई यदि तपाइ पनि सुधार गर्नु हुन्छ भने यसबाट हुने फाइदा तपाइलाइ पनि मिल्न थाल्दछ । जसले गर्दा तपाइ आफ्नो स्वास्थ्यसँग जोडिएको समस्याहरुलाई समाधान गर्न सक्नु हुनेछ । त मित्रहरु यो थियो एक जानकारीमुलक भिडियो । यो भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ । यो भिडियोलाई आफ्ना साथीभाइ तथा आफन्तहरुलाई शेयर अवस्य गर्नुहोला ताकि वहाँहरुलाई पनि यो जानकारीका बारेमा थाहा हुन सकोस् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।