काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर बनेर कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो बुधबार पनि सुन यसै मूल्यमा खरिदबिक्री भएको थियो ।
चाँदीको भाउ भने बिहीबार सामान्य घटेको छ । यसदिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार २०५ रुपैयाा तोकिएको थियो । अन्तरराष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रति अउन्स एक हजार ९०० डलरमा कारोबार भइरहेको छ ।
Comments







