Friday, September 25, 2026
17.1 C
Kathmandu
Home अर्थ खबर यूनियन लाईफ इन्स्योरेन्सद्धारा ब्याजमा शत प्रतिशत छुट दिने घोषणा

यूनियन लाईफ इन्स्योरेन्सद्धारा ब्याजमा शत प्रतिशत छुट दिने घोषणा

काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्सले ब्याजमा शत प्रतिशत छुट दिने घोषणा गरेको छ । इन्स्योरेन्सले जारी गरेका बीमा लेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्कको व्याजमा छुट दिने भएको हो ।

कम्पनीले निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रकृया पुरा गरी २०७७ असोज २८ गतेदेखि असोज ३० गतेसम्ममा नवीकरण गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शत्प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेको हो । नविकरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने कम्पनीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।