असोज १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुर्यबहादुर थापा न्युरो अस्पतालमा भर्ना भएका छन्।

उनलाई गएराती नसासम्बन्धी समस्या देखिएपछि  न्यूरो अस्पतालमा भर्ना गरिएको  थियो । अहिले वरिष्ठ नसारोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको टोलीले अध्यक्ष थापाको स्वास्थ्य परीक्षण गरिरहेको छ।

८५ वर्षीय थापालाई आरामका लागि आज अस्पतालमै राखिने  र भोली  मात्र डिश्चार्ज गरिने अस्पताले जनाएको छ ।

उनी  नियमित जाँचका लागि अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ ।  

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।