उपत्यकामा थप १९३५ जना संक्रमित थपिए, काठमाडौं, ललितपुर र भक्तपुरमा कति कति थपिए त ?



काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला