आज शुक्रबार सुनको भाउ बढ्यो (मूल्यसहित)



काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको जनाएको छ । आज प्रतितोला छापावाल सुन ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार सुनको भाउ स्थिर रहँदै प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ कायम भएको थियो। आज चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार २०० रुपैयाँ नै कायम भएको छ। हिजो बिहीबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला