काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ । आज (शुक्रबार) भएको बाँडफाँड अनुसार २ लाख ७३ हजारले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९० हजार ५४५ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् । यसमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकोमा ३ हजार ३६० जना आवेदकको आवेदन रद्ध भएको छ ।
कम्पनीले असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४५ अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको थियो । त्यस्तै, ५५ अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको थियो । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।