असोज १९ । हिन्दुहरुको महान पर्व मानिने दशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापनाका दिन घरघरमा घटस्थापना गरेपछि बडादशैंको नवरात्र शुरु हुने गर्दछ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत विहान ९ बजेर ५१ मिनेटमा उत्तम मानिने जनाइएको छ ।
आज आआफ्ना पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गर्ने र माटोको पूर्णघडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पञ्चरत्न चढाई शक्तिरुपी दुर्गा भवानीको आराधना गर्ने चलन चलिआएको छ ।
यसरी उमारिने जमरा विजयादशमीका दिन मान्यजनहरुबाट टीका ग्रहण गर्दा लगाईन्छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।