असोज १९ । घोषित निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन १ सय २२ राजनीतिक दलले शुक्रबार निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
आयोगमा दर्ता १३० दलमध्ये १ सय २४ ले समानुपातिक निर्वाचनमा भाग लिने जनाएपनि दुई दल भने निर्वाचन आयोगमा नाम दर्ता गराउन नआएको आजको दैनिक पत्रपत्रिकाहरुले खबर छापेका छन्
बन्दसूची दर्ताका क्रममा कमीकमजोरी, वर्ग, जातिको कोटा नमिले मिलाएर आउन आयोगले शनिबार सम्बन्धित दललाई पत्र लेख्ने आयोगले जानकारी दिएको छ ।
Comments




