काठमाडौँ । हिन्दूहरुको महान पर्व दसैं आज (शनिबार) बाट सुरु भएको छ । हिन्दु नेपालीहरुले दशैंको पहिलो दिन घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेर मनाइरहेका छन् । घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा परेको छ । यसै शुभसाइतमा हनुमानढोका दरबारस्थित दसैं घरमा घटस्थापना गरिने भएको छ ।
शनिबारदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । बिहान नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा विधिपूर्पक राखेर त्यसमा थिजौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ ।
कात्तिक ९ गते महानवमीका दिन घटस्थापना गरेको ठाउँ तथा विभिन्न शक्तिपीठ र कोतमा हाँस, कुखुरा, बोका तथा राँगा बलि चढाइ पूजा गरिन्छ । दशैंमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनका हातबाट टीका थापिन्छ ।