असोज १९ । विष सेवन गरी आत्महत्या प्रयास गरेका १९ वर्षीय सन्तोष राजवंशीलाई परिवारलगायत सबैले माया मारेका थिए ।

यतिसम्म की पोस्टमार्टमका लागि अस्पताल पुर्याइएको थियो । तर, पोष्टमार्टम गर्नै लाग्दा उनी एक्कासी बौरिए र अहिले सकुशल छन् ।

अस्पताल र परिवारले माया मारेर पोस्टमार्टम गर्न भद्रपुरस्थित मेची अञ्चल अस्पताल पुर्या‍इएका उनलाई माया मारेर अस्पताल पुर्याएको उनका दाजु राजु राजवंशीले बताए ।

सन्तोषलाई बिर्तामोडस्थित कन्काई अस्पताल, कन्काई अस्पतालपछि धरानको बिपी, बिपीमा बेड नभएपछि अन्यत्रै पुर्या‍इएको थियो । त्यसपछि बिर्तामोडकै मनमोहन मेमोरियल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार गराएका राजवंशीलाई मृत घोषणा गरी पोस्टमार्टमका लागि लगिएको थियो।

तर अहिले भने उनी सकुशल रहेको कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।