कोभिड १९ को महामारीका कारण दशैं लक्षित थु्रपै कार्यक्रमहरु स्थगित भएका छन् । तर, भिजनरी इन्टरनेसनले भने भर्चुअल रुपमा प्रेरणादायी लाभई ३६० डिग्री कार्यक्रम गरेर उदाहरण प्रस्तुत गरेका छ । नेपालमा पहिलो पटक भर्चुअल रुपमा दर्जनौं देशमा रहेका नेपालीहरुलाई लक्षित गरी जीवन रुपान्तरणको कला सिकाएको बताउँछन् भिजनरी इन्टरनेसनका सिइओ तथा मास्टर चेतना कोच इन्द्र गुरुङ । भिजनरी इन्टरनेसनले कोभिड १९बाट संक्रमित भएकाहरुलाई समेत निशुल्क रुपमा तीन दिनसम्म जीवन रुपान्तरणको कला सिकाएको थियो ।

‘यो समय आफूलाई चिन्ने, उद्यमशिलता विकास गर्ने र समृद्ध मुलुक र सुखी नेपालीका लागि काम गर्ने समय हो । प्रविधिले हामीलाई ठूलो अवसर दिएको छ । त्यसलाई सदुपयोग गर्दै सयौ जनालाई एकै पटक घरबाट नै जीवन रुपान्तरणको कला सिकाउन पाउँदा हामी खुसी छौं,’ इन्द्र गुरुङले बताए । गुरुङ र मनोरपरमर्शकर्ता राजेश्वरी श्रेष्ठले चैत ११ गते भएको लकडाउनपछि १० हजारभन्दा बढीलाई भर्चुअल रुपमा परामर्श सेवा उपलब्ध गराएका छन् । ‘कोभिड १९को महामारीका कारण मानिसमा डर त्रास र नैराश्यता बढेकाले त्यसको निवारणका लागि सकारात्मक जीवन परिवर्तनका लागि उत्साह भर्न हामीले भर्चुअल रुपमा काम ग¥यौं । जुन निकै प्रभावकारी समेत भएको छ ।’ मनोपरामर्शदाता श्रेष्ठ बताउँछिन् । यसै सन्दर्भमा भिजनरी इन्टरनेसन टिमले दशैको अवसरलाई भर्चुअल रुपमा जीवन रुपान्तरणको कला सिकाउँदै मनाउने योजना बनायो । फलस्वरुी १ देखि ३ कात्र्तिकसम्म सो कार्यक्रम भएकोछ । सबैले निकै रुचाएका छन् ।

‘यो कार्यक्रमका लागि घरमै राम्रै खर्च गरेर स्टुडियो तयार गरौं ।अन्य संघ/संस्थाले पनि सहयोग गरे । फलस्वरुप नेपालमा पहिलो पटक यस्तो कार्यक्रम सम्पन्न भयो,’ इन्द्र गुरुङले बताए । इन्टरनेसनल साउन्ड सर्भिस, समृद्धि स्कुल, लि शेर्पा कन्सेप्ट, नो म्याड होटल, प्रिजम एक्सलगायतले संस्थाले सहयोग गरेका थिए ।

लाइभ ३६० डिग्री कार्यक्रममा मोटिभेसनल स्पिकर मानसी अग्रवालको उद्यमशिलता तथा नेतृत्वको विषयमा भर्चुअल सेसन चलिरहँदा उनी तयार गरेको नेपाल घुम्नै नहुने सात कारण सहितको भिडियो भाइरल भइरहेको थियो । त्यसैगरी संचार विज्ञ अनिता गुरुङले संचारको र जीवन जीएने कलासम्बन्धी प्रस्तुत गरिन् । मानसेवा आश्रमका संस्थापक रामजी अधिकारीले सेव ागर्नुको आनन्द र यसले जीवनमा पार्ने प्रभावको विषयमा प्रस्तुती गरे । थिङ्ले एन्ड लामाले दशैं भर्चुअल कन्सर्ट प्रस्तुत गरेका थिए । त्यसमा सहभागीहरु निकै उत्साहित भएका थिए । ‘यसरी पनि कन्सर्ट हुदो रैछ भन्ने प्रस्तुती भएको छ,’ गुरुले भने । अमेरिकी प्रेरक वक्ता तथा कोच एन्थोनी टोनी रोबिनको शैलीमा पहिलो पटक नेपालमा इन्द्र गुरुङले भर्चुअल रुपमा प्रेरणादायी कार्यक्रम गरेका हुन् । एनएलपी मास्टर कोच गुरुङ मानिसमा सद्भाव र परोपकारको भावना विकास गराउन समेत कार्यक्रमले भूमिका खेलेको बताउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।