असोज  १८। संघीय लिम्बुवान राज्य परिषदले आज पनि पूर्वका ९ जिल्ला बन्द गराएका छन् ।

बन्दका कारण पाँचथर ,ताप्लेजुङ, इलाम, मोरङ, धनकुटा, लगायतका जिल्लामा यातायातका साधन चल्न सकेका छैनन् ।

मंसिर ४ मा हुन लागेको चुनावको प्रत्यक्ष उम्मेदवारी दर्ता प्रक्रियाको विरुद्धमा परिषदले हिजो पनि बन्द गरको  थियो । बन्दका क्रममा  प्रहरीले आफना १८ जना कार्यकर्ता पक्राउ गरेको भन्दै आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै  अनिश्चितकालिन  लिम्बुवान बन्द  गराएका छन् ।

यातायात बन्द हुँदा नजिकिदै गरेका दशैंमा आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।