असोज १८ । केन्द्रले अयोग्य व्यक्तिलाई टिकट दिएको भन्दै नेपाली काँग्रेस खोटाङका झन्डै १२ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।
टिकट वितरणप्रति असन्तुष्टि व्यक्त गर्दै पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेत, महासमिति सदस्य महेन्द्रकुमार कटवाल, जिल्ला कोषाध्यक्ष देवी राई, जिल्ला सचिव केशव कार्की, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति विष्णुराज राईलगायतले पार्टीबाट राजीनामा दिएका हुन् ।
केन्द्रीय समितिले विष्णुकुमार राई र नरेशकुमार श्रेष्ठलाई टिकट दिएपछि पूर्ववन राज्यमन्त्री बस्नेत, पूर्वपर्यटन राज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य महेन्द्र कटवाल, २ नम्बर क्षेत्रीय सभापति विष्णुराज राई लगायतले असन्तुष्टि पोख्दै आएका थिए ।
टिकट वितरणमा चित्त नबुझेपछि आफूहरुले सामूहिक राजीनामा दिएको महासमिति सदस्य कटवालले बताए। रासस
Comments