विहान उठ्दा तपाईंको शरीरमा निलो दाग–धब्बा देखिन्छ र यस्तो दागदब्बालाई हाम्रो नेपाली समाजमा बोक्सीले चुसेको (टोकेको) भन्ने गरिन्छ । खासगरेर महिलाको खुट्टा र पाखुरामा यस्तो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ । तर, यसमा कुनै सत्यता हुँदैन । यदि तपाईंको शरीरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान भइहाल्नुहोस् । किनकि शरीरमा आउने कुनै पनि परिवर्तनले तपाईंको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ ।

चिकित्सकहरुका अनुसार शरीरमा देखिने निलो दाग हाम्रो स्वास्थ्य अवस्था बिग्रन लानेको अवस्था हो ्र हेर्नुहोस् शरीरमा देखिने निलो दागका ८ कारणहरु:

छालामा चोट: आम रुपमा छालामा चोट लाग्दा यस्तो दागहरु देखिन्छ । कहिलेकाँही तपाईंको आफ्नै शरीरको भागले पनि अर्को भाग थिच्चिने अवस्था हुन्छ । यस्तै कुनै बस्तुसँग ठक्कर खाँदा पनि यस्तो चोट लाग्न सक्छ ।

यसरी चोट लाग्दा शरीरका रक्त धमनिमा असर पुग्न जान्छ, जसका कारण शरीरमा निलो दाग देखिन्छ ।

खानामा पोषण तत्वको कमि: रगत जम्न र रगतका धमिनिमा लाग्ने चोटहरु भर्नका लागि हाम्रो शरीरलाई केही भिटामिन र मिनरलको महत्वपूर्ण भूमिका हुन्छ । यसकारण तपाईंले खानामा यस्तो भिटामिन र मिनरल प्राप्त हुने चिजहरु समावेश गर्नुपर्ने हुन्छ ।

जस्तै भिटामिन ‘के’ले रगत जम्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले त्वचा र रक्त धमनिमा चोट लाग्नबाट बचाउँछ । यस्तै जिंक र आइरनजस्ता मिनरलले चोटलाई छिट्टै निको पार्न मद्दत गर्छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।