आज आइतबार बढ्यो सुनको भाउ (कारोबार मूल्यसहित)

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेर कारोबार भइरहेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तर शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । तर शुक्रबार १ हजार १८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला