नेपाली बजारमा आज मंगलबार सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । अस्ति आइतबार र हिजो सोमबार सुन प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको भाउ पनि मंगलबार बढेको छ । यस दिन चाँदी पाँच रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा किनबेच भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।