काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले कार्तिक २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीको आईपिओमा छिटोमा मङ्सिर २ गतेसम्म र सो समयसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको आयोजना र मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
Comments