आज पनि सुनकाे भाउ बढ्याे

बुधबार सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ । यस दिन सुन तोलामा ९०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । बुधबार चाँदीको मूल्य भने सामान्य रुपमा घटेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०५ रुपैयाँमा किनबेच हुँदैछ । सोमबार चाँदी आजकै मूल्यमा कारोबार भएको थियो भने मंगलबार तोलामा पाँच रुपैयाँले बढेको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला