![]() |
बाबुराम भट्टराई |
एमाओवादीमा बाबुराम भट्टराईलाई गोरखा–२ र रुपन्देही–४ बाट उठेका छन् भने उनकी पत्नी हिसिला यमीले काठमाडौं ७ बाट टिकट पाएकी छन् । यी जोडी अघिल्ले निर्वाचनमा पनि संगै थिए । भट्टराईले गोरखा– १ र यमीले काठमाण्डु–७ बाट अघिल्लो संविधानमा जित हासिल गरेका थिए ।
अर्को जोडी वर्षमान पुनको रहेको छ । पुन मोरङ–९ बाट उठेका छन् भने श्रीमती ओनसरी घर्ती रोल्पा–२ बाट उम्मेदवारमा सिफारिस भएकी छिन् ।
![]() |
हिसिला यमी |
शक्ति बहादुर बस्नेतको जोडी पनि प्रत्यक्षतर्फ मैदानमा देखिने छन् । बस्नेत जाजरकोट–२ र श्रीमती सत्य पहाडी डोल्पाबाट उम्मेदवार बनेका छन् ।
देवेन्द्र पराजुली र कल्पना धमलाको जोडी पनि प्रत्यक्षमा छानिएका छन् । पराजुली गृहजिल्ला लमजुङ–२ र धमला यसअघिकै धादिङ क्षेत्र नम्बर–२ बाट सिफारिसमा परेका छन् ।
पूर्व श्रीमान–श्रीमती समेत रहेका नेतृ रेणु चन्द र टेकेन्द्र भट्ट पनि एमाओवादीबाट सिफारिसमा परेका छन् । चन्द बैतडी–२ र भट्ट, कञ्चनपुर–३ बाट सिफारिसमा परेका हुन् । जनयुद्धकालमा यी जोडीले विवाह गरेपनि शान्तिकालमा पारपाचुके भएको थियो ।