रुपा महर्जन |
असोज १६ । एकिकृत नेकपा माओवादीले काठमाडौं क्षेत्र नम्बर ८ बाट रुपा महर्जनलाई उम्मेवदार बनाएको छ ।
यसअघि ८ मा मुक्ति प्रधानलाई सिफारिस गरिएपछि प्रधानलाई काठमाडौं ६ मा ल्याएर रुपालाई ८ मा सिफारिसमा गरिएको हो । ६ नम्बरमा सिफारिस गरिएका हिमाल शर्मालाई भने हटाइएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको उम्मेवदार छनौटसहितको केन्द्रिय कार्यालय बैठकले महर्जनलाई उम्मेवदार बनाउने निर्णय गरेको हो । यसअघि माओवादीले काठमाण्डौ क्षेत्र नम्बर ८ मा पुर्व महान्यायधिवक्ता मुक्ति प्रधानलाई प्रत्यक्षमा र महर्जनलाई समानुपातिकमा पठाउने तयारी गरेको थियो । तर, बुधवार बसेको बैठकले मर्हजनलाई प्रत्यक्षमा उठाउने निर्णय गरेको हो ।
महर्जनलाई पार्टीले यसअघि वैकल्पीक केन्द्रिय सदस्यमा समेत प्रस्तावीत गरेको थियो । हाल उनि नेवाः राज्य समितीको सचिवालय सदस्य र वेपत्ता परिवारको केन्द्रीय सदस्य हुन् ।
महर्जन पत्रकारीता क्षेत्रतर्फ समेत क्रियासिल छन् । उनी न्युरोड पोष्ट मासिक पत्रिकाको अध्यक्ष तथा नेवारी भाषामा प्रकाशित हुने नेवाःसन्देश साप्ताहिकको कार्यकारी सम्पादक हुन् । जनयुद्धमा सानै उमेरदेखी सक्रिय महर्जन वेपत्ता परिवार समेत हुन् ।