असोज १६ ।  सुनको भाउ आज एक  तोलामा एक हजार रुपैयाँले घटेको छ ।

 हिजो  सुन तोलामा ५५ हजार रुपैयाँ रहेको सुन आज   तोलाको ५४ हजार रुपैयाँ कारोबार  भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमै  सुनको भाउ घटेकोले  नेपालमा  सुनको भाउमा ओरालो लागेको  सुन व्यवसायी तेजरत्न शाक्यले बताएका छन् । यस हप्ता भरि सुन सस्तिएको  र चार्डपर्वमा अडर दिने क्रम बढेकोले  सुनको कारोबार बढेको व्यवसायीहरुले बताएका छन्

अन्तर्राष्ट्रिय बजारमा  प्रतिऔँस १२ सय ९१ डलरमा कारोबार भएकोले सुन सस्तिएको हो । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।