असोज १६ ।  प्राइम कमर्सियल बैंक १० प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।

 सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । हाल दुई अर्ब ३४ करोड चुक्ता पूँजी रहेको बैंकमा बोनस सेयर पारित भए पँुजी बढेर दुई अर्ब ५७ करोड पुग्नेछ । बैंकको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको बार्षिक साधारण सभाबाट पारित हुन भने अझै बाँकी छ ।

यता, चिलिमे जलविद्युत्को मंगलवार सम्पन्न सत्रौं बार्षिक साधारण सभाले १० प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ । गत आर्थिक वर्ष २०६९/७० मा ९६ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीको बोनस सेयर वितरण पनि चुक्ता पूँजी दुई अर्ब २७ करोड पुग्नेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।