कोरोनाका कारण ४३ वर्षिय पुरुषको निधन

चितवन । कोरोना भाइरसका कारण चितवनस्थित पुरानो मेडिकल कलेज भनेर चिनिने कलेज अफ मेडिकल साइन्सेसमा ४३ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

निधन हुनेमा रुपेन्देहीको तिलोत्तमा नगरपालिका ६ का पुरुष छन् । अस्पतालका अनुसार कात्तिक १४ गते प्रेसर र मिर्गौलाको समस्या भई अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कात्तिक २० गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । कोभिड आईसीयू कक्षमा उपचाररत उनको आज राति साढे १ बजे निधन भएको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला