काठमाडौं २१ मंसिर
नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता एवम् बाम गठबन्धनका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नम्बर २ का साझा उमेद्वार नारायणकाजी श्रेष्ठले संघ र प्रदेशको निर्वाचनले  देशमा नयाँ संविधान संस्थागत गरिएको नयाँ राजनैतिक प्रणालीको कार्यान्वयनका लागि नेतृत्व चयन गर्दै नेपालको राजनीतिको शुद्धीकरण र सफाईको आजको राष्ट्रिय आबश्यकता पुरा गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निर्वाचनसँगै अब देशमा आर्थिक वृद्धि, विकास तथा स्थायी शान्ति कायम हुने विश्वास समेत व्यक्त गरेका छन्।  
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।