चक्र बहादुर के.सी / प्यूठान,
असोज १६ ।  नेपाली कांग्रेसको  प्यूठान पार्टी कार्यालय बाग्दुलामा मङलबार राती कांग्रेस कार्यकर्ताले आगजनी गरेका छन् ।

नेपाली कांग्रेसले प्यूठान जिल्लामा उम्मेदवारको  चयन प्रक्रियामा व्यापक अनिमियता भएको भन्दै आक्रोसित  कार्यकताले कार्यलयमा आगजनी सहित नाराबाजी गरेका थिए ।

नारावाजीको गरिरहेका समयमा कार्यालयको सुरक्षा दिन आएका  प्रहरी र कार्यकर्ता  बिचमा केहीबेर दोहोरो झडपले त्यस क्षेत्रमा केही बेर तनाव सृजना  भएको  थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।