असोज  १६ ।  आज विश्व अहिंसा दिवस ।  यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा भारतीय अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर हरेक वर्ष अक्टोबर २ अर्थात् आजकै दिन विश्व अहिंसा दिवश  मनाउने गरीएको छ ।

 यसदिवसकै अवसरमा आज नेपालमा शान्ति र अहिंसाको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले राजधानी लगायत मुलुकभर विभिन्न कायक्रम गर्दैछन् ।

 अहिंसावादी नेता महात्मा गान्धीले भारतलाई वेलायती उपनिवेशबाट मुक्त गराएको योगदानको सम्मानमा राष्ट्रसंघले सन् २००७ देखि यो दिवस मनाउने  गरेको हो  । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।