कोरोनाबाट ५६ वर्षीया महिलाको निधन

कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको निधन भएको छ । सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा निधन भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए । मधुमेह रोगबाट ग्रसित उनीको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना भएकी थिइन् ।

एक सातासम्म अस्पतालको सघग उपचार कक्षमा राखेर उनीको उपचार भइरहेको थियो । रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट निधन हुनेको सङ्ख्या ८१ पुगेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला