मंगलबार घटेकाे सुनचाँदीको भाउमा कार्तिक २६ गते, बुधबार सामान्य वृद्धि भएको छ । यस दिन सुन तोलामा १०० रुपैयाँले बढेको हो। आज छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा तीन हजार ४०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ८०० रुपैयाँमा झरेको थियो ।

बुधबार चाँदीको मूल्य पनि सामान्य रुपमा उकालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।