ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ ठूलो अंकले घटेको छ । आज एकैदिन प्रतितोला ३४ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ कायम भएको जनाएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला