काठमाडौं । नेपाली बजारमा निरन्तर दुई दिन घटेको सुनको मूल्य बिहीबार स्थिर रहेको छ । पछिल्लो दुई दिन निरन्तर घटेको सुनको भाउ आज भने बुधबारकै मूल्यमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ ।यसैगरी बिहीबार चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।यस साता चाँदीको भाउ लगातार ओरालो लागेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।